घण्टी ग्याङ्कको सरकार वारे विमल पोखरेलको स्टाटस

यो गिरोहले राम्रो काम गर्छ भन्ने मलाई कहिल्यै, कुनै पनि विश्वास थिएन । किनभने यसको सुरुआत नै आगजनी, लुटपाट, विध्वंस, देशद्रोह र अपराधबाट भएको हो । खुनी अपराधीको काम खुन पिउने हो, पिइरहेको छ, पिइरहने छ

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १५ १३:०३ बजे
अधिवक्ता विमल पोखरेल

 घण्टी समूह कुनै पार्टी होइन, यो पार्टी नामको देश र जनताद्रोही खुनी गिरोह हो । यसलाई प्रजातन्त्र, कानून र विधिको शासन, प्रेस स्वतन्त्रता, मानवअधिकार, न्याय, नागरिक अधिकार, देशको सार्वभौमसत्ता आदिको कुनै मतलब छैन । नागरिकको सामूहिक पागलपन, मिडियाको देश, प्रजातन्त्र, प्रेस स्वतन्त्रतामा चरमप्रकारको लापरबाही र हेलचेक्राइँबाट घण्टी गिरोह अकल्पनीय ढङ्गले उदायो । यदि पार्टी हुन्थ्यो भने सरकारमाथि पार्टीको नियन्त्रण हुन्थ्यो । सरकार र घण्टी गिरोह मिलेर देशलाई खुला जेल बनाएका छन् । 

 यो गिरोहले राम्रो काम गर्छ भन्ने मलाई कहिल्यै, कुनै पनि विश्वास थिएन । किनभने यसको सुरुआत नै आगजनी, लुटपाट, विध्वंस, देशद्रोह र अपराधबाट भएको हो । खुनी अपराधीको काम खुन पिउने हो, पिइरहेको छ, पिइरहने छ । 

 यिनीहरूलाई अनैतिक तरिकाले उचाल्ने मिडिया कम्तिमा ५० प्रतिशत दोषी छन् । त्यसैले मैले मिडियाको निष्पक्षतामाथि सधैं प्रश्न उठाउँदै आएको छु । नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटालाई मैले दुई पटक रवि लामिछानेको गोठाला भनेर सार्वजनिक रुपमै लेखेको थिएँ । आज त्यही मिडियाले घण्टीको फल भोग्यो । 

बालेन्द्र शाह यो देशको एक गैरजिम्मेवार, नालायक, पत्रु, हिंस्रक र देशद्रोही व्यक्ति हो भन्नेमा मेरो दृढ अडान छ । ज-जसले यो मान्छेलाई नेता बनाए वा नेता मानेका छन्, तिनीहरूले पापको फल भोग्नेछन् र भोग्नुपर्छ । 

 इनाम सापकोटाले बालेन्द्र शाह र घण्टी गिरोहको प्रत्यक्ष आदेश विना यति धेरै नाङ्गो हस्तक्षेप गर्ने कुनै सम्भावना थिएन । प्रहरी र अदालतमा नियोजित रूपमा गरिएको हस्तक्षेपको दुष्प्रभाव थेग्न नसकेर सापकोटालाई पक्राउ गरिएको हो । पत्रकार पक्राउको दुष्प्रभाव थेग्न नसकेर छोडिएको हो । 

 घण्टी गिरोहका कथित सांसदहरू डी ग्रेडका दासहरू हुन् । डी ग्रेडका दासहरूको पहुँच बालेन्द्र शाहजस्ता खुनी तानाशाहसँग हुने कुरै भएन । सांसदका रुपमा तिनीहरूको कुनै हैसियत र भूमिका छैन । 

 संविधान र कानूनको धज्जी उडाउँदै, दाउद इब्राहिम शैलीमा समाचार कक्षबाट पत्रकार उठाइयो । आफ्नै कार्यकक्षबाट कर्मचारी उठाइयो । आफ्नै निवासबाट किरियापुत्री उठाइयो । बाटोबाट कलाकार उठाइयो । प्रहरीका हाकिम उठाएर बर्खास्त गरियो । उद्योगी, व्यापारी सबै उठाइएको छ । अब ल फर्मबाट वकील र इजलासबाट न्यायाधीश उठाउन बाँकी छ । तयार भएर बसे हुन्छ । 


२०८३ कात्तिक १५ १३:०३ बजे

प्रतिक्रिया