१९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा यसरी जुटाइनेछ स्रोत

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ १६ १८:५५ बजे

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको हो ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।



२०८२ ज्येष्ठ १६ १८:५५ बजे

प्रतिक्रिया