डडेल्धुरा। नेकपा( माओवादी केन्द्र) ले सञ्चालन गरेको मघ्ये लोकमार्ग( पुष्पलाल मार्ग)को अभियानको हिजो वैतडीको पाटनमा एक जनसभाका विच अध्यक्ष प्रचण्डले उद्धाटन गर्नु भएको थियो।
पाटनको कार्यक्रमको समापन पछि डडेल्धुरा जिल्लाको सदरमुकाम वागवजार वसपार्कमा शुरु भएको जनसम्वाद कार्यक्रममा जिल्ला स्थित सवै पार्टीका तर्फ वाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य लालवहादुर जाग्रीले अभियानको सफलताको शुभकामना दिदै दलाल सँसदीय व्यवस्थामा केहि थान मन्त्रीका लागि लोभ नगर्न र वैज्ञानिक समाजवादको दिशामा अगाडी वढ् अध्यक्ष प्रचण्ड र उहाँको पार्टी लाई आग्रह गरेर मन्तव्य राखे पछि सोहि सन्दर्भमा कार्यक्रममा प्रमुख वक्ता अध्यक्ष प्रचण्डले यो व्यवस्था नयाँ जनवादी व्यवस्था नभएपनि पुरानो सँसदीय व्यवस्था पनि होइन। यसमा केहि कुरा हाम्रा पनि छन भनि वताउनु भयो। यो अभियान भ्रष्टाचारका विरुध्दको अभियान पनि हो उहाँले भन्नुभयो।
डडेल्धुराको जनसम्वाद कार्यक्रमका वक्ताहरुमा प्रमुखवक्ता नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य वक्ताहरुमा ,पार्टी महासचिव देव गुरूङ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका पिविएम तथा ३ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री, डडेल्धुरा वार इकाइका तर्फ वाट अधिवक्ता विष्णु भट्टले आ-आफ्ना धारणा राख्नु भएको थियो।कार्यक्रममा नेकपा(एमालेका) जिल्ला अध्यक्ष गजेन्द्र शाही, समाजबादीका नेता भुवन पाठक, डडेल्धुरा वारका अध्यक्ष तुलाराम वोहरा समेतका अथितिहरु मञ्चमा आसिन थिए। जनसम्वाद कार्यक्रमको सञ्चालन र समापन नेकपा(माओवादी केन्द्र)का प्रदेश उपाध्यक्ष मान सिह माल (क्रान्ति)ले गर्नुभएको थियो।
प्रतिक्रिया