काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी १० जनाको मृत्यूभएको छ । बाढी परी सयौं घरहर ध्वस्त भएका त्यहाँका सञ्चार माध्यमहरुले जनाएको छन् ।
भारी वर्षापछि आएको बाढीको कारण शनिबार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँहरूका १० जनाको मृत्यु भएको छ र सयौं घरहरू बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरमा उल्लेख गरीएको छ ।
बाढीले खुशी जिल्ला आसपासका सयौं हेक्टर खेतबारीसमेत नष्ट गरेको छ ।
प्रतिक्रिया