काठमाडौँ। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले जग्गा कित्ताकाट खुल्ला गरेकोमा प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले विरोध जनाएकी हुन् । उनले सरकारले गरेको निर्णय फिर्ता लिन पनि आग्रह गरेकी छन् ।
आज बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन् , कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भू-उपयोग योजना तर्जुमा गर्न लागेका थिए । यसै बेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ । यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ ।
सरकारले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।
प्रतिक्रिया