मिटरव्याज पिडितको धर्नामा सरकारको त्रुरदमन दर्जनौ घाइते

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ४ १५:१२ बजे

काठमाण्डौ।   मिटर ब्याज पीडितहरुले ४७ दिन देखि रत्नपार्कमा गरिरहेको  शान्तिपुर्ण  अनसनमाथि प्रहरीले दमन गरेको छ ।आज विभिन्न राजनैतिक दल र संघ/संस्थाहरुले पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने कार्यक्रम थियो । ऐक्यबद्धता जाहेर गर्न गएका राजनैतिक दल र संघ/संस्थाका प्रतिनिध समेत पुलिसको दमनबाट घाइते भएका छन् । नेकपा (मशाल) का पि.बि.एम. चिन्तामणि शर्मा, मशाल काठमाण्डौका जिल्ला सदस्य टेकहरी न्यौपाने, नेकपा अध्यक्ष लोक नारायण सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम सिताराम तामाङ, वैज्ञानिक समाजवादीको प्रवक्ता जागृत रायमाझी घाइते भएका छन् ।

मिटर ब्याज पीडित निर्गनविन, अकवर मिया, ज्योतिलाल वन लगायत  दर्जन भन्दा वढि आन्दोलनकारीको टाउकोमा चोट लागेको छन । उनीहरुलाई बेहोसिको अवस्थामा अस्पताल लगिएको छ भने कुलबहादुर थापा, कृष्ण महतो, तिलक राम चौधरी, प्रदिप नेपाल लगायत घाइते भएका छन् ।प्रहरीले पीडितहरुलाई दमन गर्न अश्रुग्याँस, लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।प्रहरीद्वारा मिटर ब्याज पीडितमाथि गरिएको दमनको सर्वत्र निन्दा गरिएको छ । उनिहरुले मिटर व्याज पिडिक लाइ कानुन वनाएर तत्काल कार्वाहि गरी  पिडितहरुको पुनःस्थापना हुनु पर्ने माग राख्दै आएका थिए।

२०८० वैशाख ४ १५:१२ बजे

प्रतिक्रिया