टेक्ससको डेरी फार्ममा विस्फोटन हुँदा १८,००० गाईको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १ १६:०४ बजे
टेक्ससको डेरी फार्ममा विस्फोटन

 काठमाडौँ ।  अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा परी झन्डै १८,००० वटा गाईको मृत्यु भएको छ । 

केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विस्फोटन भएको थियो। उक्त घटनामा  परी एक व्यक्तिको पनि ज्यान गएको छ । 

अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका बिबिसीले जनाएको छ । 

सन् २०१८ देखि सन् २०२१ सम्म अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झन्डै ३० लाख चौपायाको मृत्यु भएको बिबिसीले जनाएको छ । 

क्यास्ट्रो काउन्टीको प्रशासनका अनुसार उक्त फार्ममा आगो लागेको जानकारी सोमवार मात्रै प्राप्त भएको थियो।

उक्त कार्यालयले पोस्ट गरेको तस्बिरमा भुईँबाट ठुलो धुवाँको मुस्लोमाथि उडिरहेको देखिन्छ। प्रहरी र आपत्कालीन सेवाका व्यक्तिहरू घटनास्थलमा पुग्दा उनीहरूले एक व्यक्ति त्यहाँ फसेको फेला पारेका थिए।

गोबर र पानीलाई सोहोर्न प्रयोग गरिने भ्याक्युम’ जस्तो एउटा उपकरणबाट आगलागी भएको हुनसक्ने उनले केएफडीएलाई बताएका छन् ।  उनले भने, “सायद त्यो तातो भयो र सम्भवतः मीथेन र अरू त्यस्तै पदार्थ फैलियो र विस्फोटन भयो।”

उक्त आगलागीमा मारिएका गाईबस्तुको स्पष्ट सङ्ख्या थाहा हुन सकेको छैन। तर काउन्टी प्रशासन कार्यालयले १८,००० चौपाया मारिएको हुनसक्ने जानकारी बिबिसीलाई जनाएका छन् । 

बिबिसीलाई पठाइएको एउटा विज्ञप्तिमा वासिङ्टन डिसीमा मुख्यालय रहेको एनिमल वेलफेअर इन्स्टिट्यूट (एडब्ल्यूआई)ले यदि १८,००० चौपाया मृत्यु भएको पुष्टि भए त्यो आफूले सन् २०१३ यता तथ्याङ्क राख्ने थाले देखिकै सबैभन्दा खराब घटना भएको जनाएको छ।

२०८० वैशाख १ १६:०४ बजे

प्रतिक्रिया