आजदेखि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरूले पार्टीका नेता कार्यकर्तालाई ४ बजेपछि मात्रै भेट्न पाउने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १ ०८:३४ बजे
माओवादी केन्द्र
 काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रवार पार्टीका नेता तथा कार्यकर्तालाई  आफ्नो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय  गरेसँग यस्तो गरिएको हो ।  माओवादी मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको छ ।  कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरूले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको माओवादी केन्द्रले जनाएको छ ।  

कार्यालय समयमा मन्त्रालय र निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेट्नेहरूको भिडभाड हुन थालेको भन्दै यस्तो गरिएको माओवादी केन्द्रले जनाएको छ ।  भेटघाट व्यवस्थित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हेल्प डेस्क स्थापना गरिएको छ । 
२०८० वैशाख १ ०८:३४ बजे

प्रतिक्रिया