काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकबाट दुई विद्येयक पारित गरिएको छ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ सर्वसम्मत पारित गरिएको हाे ।
राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ। राष्ट्रिय सभाको अर्को बैठक २०७९ चैत ३० गते बिहीबार अपराह्न १:०१ बजे बस्नेछ।
प्रतिक्रिया