सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए शपथ, भौतिक पूर्वाधार र आर्थिक मामिलामन्त्री पनि नियुक्त

प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार र नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २७ १६:०१ बजे
सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए शपथ

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार र नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२०७९ माघ २७ १६:०१ बजे

प्रतिक्रिया