काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको नदिने बताएसँगै प्रदेश सरकारको आज अन्तिम चुनौती र अवसरको दिन बन्ने भएको छ । मुख्यमन्त्री आज विश्वासको मत लिनु पर्ने भएको छ । हिजो लिने भनिएको विश्वासको मतमा हिजो प्रदेश सभाको बैठक नै स्थगित गरिएको थियो ।
रावलले आज विश्वासको मत लिन नसकेमा उनी पद मुक्त हुने छन् । नाउपाले भने आफ्ना जेलमा रहेका नेता तथा कार्यकर्ताहरूलाई जेल मुक्त गर्नुपर्ने माग राखेको छ ।रावलले संविधानको धार १६८ को ४ अनुसार विश्वासको मत लिने आज अन्तिम दिन रहेको छ ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो।नाउपाले विश्वासको मत नदीय रावललाई विश्वासको मत पुग्दैन । आज रावलले विश्वासको मत नपाए प्रदेश सरकार कांग्रेसको पोल्टामा पुग्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका थिए । अन्य दाबेदारले समर्थन जनाएपछि शाह सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका हुन्। उनी कैलाली २ को १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। यदी प्रदेश सभामा एमालेले विश्वासको मत नपाए उनी मुख्य मन्त्री बन्ने छन् ।
कांग्रेसलाई सरकार गठनको लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ ।
प्रतिक्रिया