के तपाइलाई साथिले घुरेर सुत्न दिएन- यि टिप्स अपनाई आजबाट मज्जाले सुत्नुहोस्

के तपाइलाई साथिले घुरेर सुत्न दिएन यि टिप्स अपनाई आजबाट मज्जाले सुत्नुहोस्

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १४ ०९:२० बजे
घुर्नुएक सामान्य प्रकिया

 काठमाडौं ।  निदाएका वेला घुर्नुएक सामान्य प्रकिया हो । तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहिँ  तपाई   सहित  अरुको पनि  समस्या हो ।  तपाइको कारणले कसैले  सुत्न पाउदैन  भने  तपाई  कसैलाई  अवरोध  था  बाधा पुर्याई रहनुभएको छ । 

 घुर्नुको कारण  के 

सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ । अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुने हुन्छ । उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ । नियमित र अधिक मात्रामा मध्यपान÷धूमपान गर्नु घुर्नुको मुख्य कारण हो । साथै, एलर्जी हुनु, नाक सुन्निनु, बेलुका बढी खाना खानु, जिब्रो मोटो हुनुलगायत पनि घुर्नुका कारण हुन् ।

 असरहरु  

घुर्ने मानिसलाई आफू घुरिरहेको थाहा हुँदैन । यसर्थ, उसलाई खासै समस्या पनि पर्दैन । तर, सँगै सुत्ने साथीलाई भने घुराइले गाह्रो परिरहेको हुन सक्छ । उसको निद्रा बिग्रिएको हुन सक्छ । घुर्ने समस्या सामान्य नै हो । यद्यपि, सधैँ घुरिरहने गर्दा नजिकका मानिससँग सम्बन्ध बिग्रने खतरा हुन सक्छ भन्ने जान्नु जरुरी छ ।   

 रोकथामका अपायहरु  के  

सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ ।  

  • सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि  मद्दत गर्छ ।
  • शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ ।
  • सकभर बेलुकीको खाना हलुका किसिमको लिनुपर्छ । त्यस्तै, बढी चिल्लो–पिरो भएका  खाना खानुहुँदैन ।
  • घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ । तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ ।   
  • अत्यधिक धूमपान–मध्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ ।
  • घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ । 
२०७९ साउन १४ ०९:२० बजे

प्रतिक्रिया