नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १६:२८ बजे
सेयर बजार

काठमाडौं ।  केहि दिन यता निरनतर उकालोयात्रामा  रहेको सेयर बजार  परिसुचक नेप्से हिजो र आज भने  ओरालो लागेको छ ।  सातको  अन्तिम  दिन आज नेप्से  दोहोरो अंकले ओरालो लागेको हो ।  नेप्से आज २७.२६  अंकले ओरालो लागेको हो ।  आज नेप्से  ओरालो लागेसँगै  २०१७.४६ अंकमा  पुगेको छ । 

 नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजार भने ओरालो लागेको  हो ।

आज सेन्सेटिभ परिसूचक ५.४० अङ्कले ओरालो लागेर ३८६.२४ मा ओर्लिएको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड दुई हजार ४७३ मूल्यमा कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड ८० लाख चार हजार ३२५, गुर्खाज फाइनान्स रु चार करोड ९५ लाख आठ हजार ४४४, नेपाल पुनरबीमा कम्पनी रु तीन करोड ८३ लाख आठ हजार २९० र अरुण काबेली पावरको रु तीन करोड ४२ लाख ४८ हजार ४६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, किसान लघुवित्त ८.४१, गणपति लघुवित्त ६.०७, नयाँ सारथी लघुवित्त ४.०१, सेन्ट्रल फाइनान्स २.७६ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.४७ प्रतिशतले  उकालो लागेका छन् । 

 सप्तकोसी डेभपमेन्ट बैंक ५.७९, रुरु जलविद्युत् परियोजना ४.७३, सूर्योदय बोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतले उरालो लागेका छन् ।  

२०७९ साउन ६ १६:२८ बजे

प्रतिक्रिया