वर्दियामा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिष्ट पार्टीमा प्रवेश
गुलरिया।विभिन्न पार्टी परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लामा प्रबेश गर्नेको लहर आएको पार्टी इन्चार्ज विपिन क्षेत्रीले वताएका छन। यसैगरि प्रबेश हुनेमा नागरिक उन्मुक्ति पार्टी कि केन्द्रीय सदस्य ममता यादव गुलरिया नगर पालिका २ जैनपुरका जनमत पार्टी कि केन्द्रीय सदस्य अनिता रैदास गुलरिया नगरपालिका वडा नं १० परेयाकपुर बारबर्दिया नगरपालिका ४ पद्नाहा घोरपट्टाका दिपक थारू नेकपा, एमाले परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन।
यसैगरी राम बहादुर थारू बरबर्दिया ४ पद्नाह घोरपट्टाका नेपाली काँग्रेस परित्याग गरि , खुशिराम थारू बरबर्दिया ४ पद्नाह घोरपट्टाका रास्वपा परित्याग गरि , राम सुरत थारू बरबर्दिया ४ पद्नाह घोरपट्टाका र बामा थारू बरबर्दिया ४ घोरपट्टा पद्नाह नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा प्रबेश गर्नु भएको । नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रबेश गर्नु भएको छ । यो पार्टी प्रबेश र संगठन सुदृढीकरणका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाले व्यापक बनाएको वताइन्छ ।
प्रतिक्रिया