प्रधानमन्त्री साहले देशको स्वाधीनता र सार्वभौमिकता भारतलाई सुम्पिएको प्रवक्ता सुर्दशनको आरोप
भारतीय विदेश सचिव विक्रम मिस्त्रीले गरेको इपीजीको औचित्य समाप्त भएको भन्ने घोषणा र भारतीय टिभी पत्रकार सुधिर चौधरीले सिलीगुडी करिडोर विस्तारका लागि भारतले नेपालसँँग १५० कि.मी. जमिन किनेको छ भन्ने भनाइले विषयलाई अत्यन्त गम्भीर बनाएको छ ।
काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएका सहमतिले देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता भारतलाई सुम्पिएको आरोप लगाएका छन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ मंसीर १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा जनाउनु भएको हो ।
वक्तव्यमा प्रधानमन्त्री बालेन्द्र साहको यही मङ्सिर ६ र ७ गते भएको बहुचर्चित भारत भ्रमणका क्रममा प्रकाशित २४ बुँदे संयुक्त वक्तव्य र त्यसैको २२ औं बुँदामा समेटिएका ८ ओटा समझदारीले भारतले वर्षौंदेखि कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र तथा सुस्ता लगायतका ठाउँको अतिक्रमित भूमिबारे एकशब्द पनि उच्चारण गरिएको छैन । १९५० लगायतका विभिन्न असमान सन्धिहरु र विवादित विषयको समाधान खोज्न द्विपक्षीय सहमतिमा गठित इपीजीद्वारा तयार पारिएको प्रतिवेदनबारे वक्तव्य मौन रहेको जनाइएको छ ।
वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
प्रधानमन्त्री बालेन्द्र साहको यही मङ्सिर ६ र ७ गते भएको बहुचर्चित भारत भ्रमणबारे नेपालमा विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेका छन् । उक्त भ्रमणका क्रममा प्रकाशित २४ बुँदे संयुक्त वक्तव्य र त्यसैको २२ औं बुँदामा समेटिएका ८ ओटा समझदारीको सङ्क्षिप्त सार सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ ।
वक्तव्यमा भारतले वर्षौंदेखि कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र तथा सुस्ता लगायतका ठाउँको अतिक्रमित भूमिबारे एकशब्द पनि उच्चारण गरिएको छैन । १९५० लगायतका विभिन्न असमान सन्धिहरु र विवादित विषयको समाधान खोज्न द्विपक्षीय सहमतिमा गठित इपीजीद्वारा तयार पारिएको प्रतिवेदनबारे वक्तव्य मौन छ । वर्षेनी आकाशिंदै जाने नेपालको व्यापार घाटा कसरी कमगर्ने, खुला सिमानाका कारण हुने तस्करी र असामाजिक गतिविधि कसरी रोक्ने भन्नेबारे वक्तव्यले एकशब्द बोलेको छैन ।
यसरी भारतीय हस्तक्षेपका कारण नेपालले वर्षैदेखि भोग्दै आएका समस्याबारे एकशब्द नबोली प्रधानमन्त्री बालेनले उक्त अतिक्रमण र विस्तारवादी उत्पीडनलाई मौन समर्थन जनाएका छन् । यसका अतिरिक्त भारतको राष्ट्रिय सुरक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिस्ठानका बीच सहकार्य गर्ने र नेपालका सरकारी कर्मचारीको क्षमता वृद्धिका नाममा भारतले तालिम दिने समझदारी गरेर प्रधानमन्त्री बालेन साहले नेपालको आन्तरिक सुरक्षा र प्रशासन यन्त्रमाथि भारतको हस्तक्षेपका लागि थप बाटो खोलिदिएका छन् । साथै तल्लो अरुण भारतलाई सुम्पिएको वक्तव्यमा उल्लेख गरेका छन ।
अर्कोतिर, उक्त वक्तव्यमा ५६ अर्व अनुदान, भारतीय शर्तमा कामगर्ने गरी १८४ अर्व ऋण, पूर्वाधार निर्माण भएपछि गुजरातको काण्डला र उडिसाको प्यारादिप समुद्री बन्दरगाह नेपाललाई प्रयोग गर्नदिने भारतको उधारो बचन, दार्चुलामा बनाइने महाकालीको पुल, उचाइ नखुलाई भैरहवाबाट हवाइ रुट दिने अमूर्त घोषणा, अयोध्या जनकपूर रेल, भारतीय बजार विस्तारका लागि चितवनमा कृषि–औद्योगिक पार्क, शिक्षा तथा स्वास्थ्य लगायतका थुप्रै विषय रहेका छन् । यसका अतिरिक्त, वक्तव्यमा पहिलेका सरकारहरुले गरेका निर्णय कार्यान्वयन गर्ने सहमति पनि गरिएको छ । यी मध्ये कतिपय विषय रुपमा नेपालको हितमा देखिए पनि मुलतः भारतकै पक्षमा वक्तव्यमा जनाएको छ ।
भारत भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र साहले २४० अर्वको आर्थिक प्याकेज, उधारा सहमतिहरु र अमूर्त निर्णयहरुको जालोले छेकेर देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता भारतलाई सुम्पिएका छन् । यसमाथि भारतीय विदेश सचिव विक्रम मिस्त्रीले गरेको इपीजीको औचित्य समाप्त भएको भन्ने घोषणा र भारतीय टिभी पत्रकार सुधिर चौधरीले सिलीगुडी करिडोर विस्तारका लागि भारतले नेपालसँँग १५० कि.मी. जमिन किनेको छ भन्ने भनाइले विषयलाई अत्यन्त गम्भीर बनाएको छ । यसबारे सत्यतथ्य के हो नेपाली जनताका सामु स्पष्ट राख्न बालेन सरकारसँग जोडदार माग गर्दछ भनिएको छ ।
यसरी प्रधानमन्त्री बालेन्द्र साहले गरेको राष्ट्रिय आत्मसमर्पणका कारण देशको राष्ट्रिय स्वाधीनता माथिको खतरा नेपालको इतिहासमा नै सबैभन्दा गम्भीर बनेको छ । यो स्थितिमा हाम्रो पार्टी देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि एकताबद्ध भई आवाज बुलन्द गर्न सम्पूर्ण देशभक्त जनसमुदायमा हार्दिक अपील गर्दछौ भनि वक्तव्य उल्लेख गरेका छन ।
प्रतिक्रिया