इनम सापकोटाको मानवअधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी
काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । शुक्रबार आयोगमा उजुरी दर्ता भएको छ । आयोगमा इनमकी श्रीमती कविता पाण्डेले उजुरी दिएकी हुन् ।
इनम सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलिया को भूमिका खेलेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा को मोबाइल जाँचका क्रममा अदालतका मुद्दा मिलाइदिने तथा प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देशहरू फेला परेको भनेर उनी अनुसन्धानमा तानिएका हुन् ।
प्रतिक्रिया