आईजीपीबाट हटाइएका दानबहादुरको रिटमा सुनुवाइ स्थगित
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा। केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि दानबहादुर केसीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो । त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।
गत कात्तिक १८ गरे बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न कार्कीले तत्कालका लागि अन्तरिम आदेशको माग गरेका छन् ।
आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीले रिटमा दाबी गरेका छन् ।
प्रतिक्रिया