बालेनबारे मोदीले भने- देश विकासबारे क्लियर भिजन महसुस गरेँ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहबाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् ।
नयाँ दिल्लीस्थित हैदाराबाद हाउसमा करिब १०० मिनेट भएको वन टू वन भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीले बालेनबाट आफूले यस्तो महसुस गरेको बताएका हुन् ।
उनले भने, ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु । नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीँको आकांक्षा देखाउँछ ।’
नेपालमा प्रधानमन्त्री बनेपछि बालेनले युएनको समारोहमा दिएको मन्तव्यबारे समेत मोदीले प्रशंसा गरे ।
प्रतिक्रिया