टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा
काठमाडौं । चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको रोजेको हो ।
आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितवनले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो । आजको खेल २ नम्बर पिचमा खेलाइँदै छ । यही पिचमा पोखराले २०० रन माथिको योगफल बनाएको थियो ।
प्रतिक्रिया