जिल्ला अधिवेशन पुस पहिलो साता गर्ने कांग्रेसको तयारी

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ३० १७:१८ बजे

काठमाडौं । नेपाली कांग्रेसले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । १५औं महाधिवेशन सकेको कांग्रेसले छठ पर्वपछि केन्द्रीय समितिको बैठक राख्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्नेगरी निर्णय गर्ने भएको हो ।

छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ पुगेका सभापति गगन थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘छठपछि केन्द्रीय कार्यसमितिको बैठक बस्छ । बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी निर्णय गर्ने तयारीमा छौँ । त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने योजना रहेको छ । अन्तिम टुङ्गो लगाउन बाँकी छ ।’


२०८३ कात्तिक ३० १७:१८ बजे

प्रतिक्रिया