आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २० १४:५८ बजे

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएको दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । साथै उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो ।

केसीको नियुक्तिविरुद्ध कार्की आज रिट लिएर सर्वोच्च पुगेका हुन् । कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट अदालत पुगेको बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।

२०८३ कात्तिक २० १४:५८ बजे

प्रतिक्रिया