काठमाडौं । सर्वोच्च अदालतले हिरासतमा रहेका दीपक भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
इजलासले सर्वोच्च अदालतमा विचाराधीन ०८३-आरई-००२१ र ०८३-आरई-००२२ नम्बरका बेरीतको आदेश बदरसम्बन्धी निवेदनलाई समेत सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।
त्यस्तै, नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको ०८२-सीआर-०१५४ नम्बरको सम्पत्ति शुद्धीकरण मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत, काठमाडौंबाट झिकाउन भनिएको छ। पेशीका दिन देखाई फिर्ता लैजाने गरी मिसिल उपलब्ध गराउन आदेशमा उल्लेख छ ।
प्रतिक्रिया