पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौँ : गगन थापा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १६ १५:२० बजे

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् । आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकारमाथि गरिएको धरपकडले सरकारको सोच र बुझाई बारे प्रश्न उठेको बताएका हुन् ।

उनले सरकारका क्रियाकलाप आफूहरूले नजिकबाट हेरिरहेको बताउँदै अहिलेको प्रवृतिले साच्चै चिन्ता बढाएको उल्लेख गरे । उनले भने, 'के लाग्न थाल्यो भने, एउटा सानो समूह छ, त्यसले के भन्ठान्यो भने, वी आर द स्टेट, हामी नै हो, हामीले बोलेको कुरा स्टेटमेन्ट हुदैन, हुकुम हुन्छ । राज्यका अङ्गहरू आफ्नो आदेश पालन गर्ने निकाय भएको ठानेको देखिएको छ । यो घटनापछि यसलाई सामान्यीकरण नगरौँ । यो प्रवृतिले हद नाघ्यो ।'

काँग्रेसले सरकारका राम्रा कामको समर्थन गरिरहेको बताउँदै गलत कामको बारेमा बोल्ने र प्रतिवाद गर्ने स्पष्ट गरे । सरकारको कामको जबाफदेहिता रास्वपाले लिनुपर्छकी पर्दैन भन्ने प्रश्न गर्दै उनले यसअघि संचारगृहका कार्यालय अगाडी गाडी पार्क गर्दा पनि रास्वपाले अहिले जस्तै विज्ञप्ति निकाले पनि कारबाही नगरेको बताए ।  

२०८३ कात्तिक १६ १५:२० बजे

प्रतिक्रिया