काठमाडौं । काठमाडौंको बिमानस्थलमा भारतको छुट्टै चेकजाँच हुनेगरेको रहस्य खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्समार्फत यात्रागर्नेहरुलाई विमान चढ्नुअघि भारतीय अधिकारीहरुले अतिरिक्त सुरक्षा जाँच गर्नेगरेका छन् ।
धावनमार्ग नजिकैको एप्रोन क्षेत्रमा राखिएको अग्लो मञ्चमा भारतीय सुरक्षाकर्मीहरु तैनाथ हुन्छन् । जहाँ यात्रुहरुको शरीर जाँच तथा उनीहरुका हातमा रहेका झोलाहरुको मिहिनरुपमा खानतलासी लिइन्छ । त्यस्तो तलासी बिगत २६ वर्षदेखि जारीरहेको पनि रहस्य खुलेको छ ।
भनिन्छ नेपालमा सञ्चालन हुने दुईवटा भारतीय एयरलाइन्स एयर इन्डिया र इन्डिगो दुवैले त्रिभुवन विमानस्थलमा तीन सिफ्टमा आफ्ना कर्मचारीहरु खटाउँदै आएका छन् । एउटा उडानमा खटिने १२ देखि १५ जनाको टोलीमध्ये ६ देखि ८ जना भारतीय कर्मचारी सिधै एप्रोनमै तैनाथ भएका हुन्छन् । भारतीय कर्मचारीले यात्रुहरुलाई चारैतिरबाट कपडाले छेकिएको एउटा विशेष ट्रलीभित्र पालैपालो राखेर शरीर र हाते झोलाको जाँच गर्ने गरेका छन् । जहाँ नेपाली कर्मचारीहरुको कुनै भूमिका रहँदैन ।
कहिलेको कुन निर्णय वा दस्ताबेजका आधारमा भारतीय अधिकारीहरुले नेपालको बिमानस्थलमा जाँच गरेका हुन ? भन्ने खुल्न सकेको छैन । जसका बारेमा कुनै आधिकारिक अभिलेख समेत नरहेको बताइन्छ । २६ वर्षअघि भएको भारतीय विमान अपहरणको एउटा घटनापछि यसरी भारतीयहरु आफैले चेक जाँच थालेका हुन् ।
प्रतिक्रिया