काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए जानकारी दिए ।
प्रधानमन्त्री साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको बताए । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएको पनि जानकारी दिए ।
उनले भने,‘ नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण छ । सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न आवश्यक छ । प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति धन्यवाद व्यक्त गर्दछु ।’
साहले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया