प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २८ १७:२३ बजे

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधवार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए ।

सो क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरिएको थियो ।

नेपाली सेनाले यस भ्रमणबाट नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको द्विपक्षीय सैनिक सम्बन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

२०८३ असोज २८ १७:२३ बजे

प्रतिक्रिया