धनगढी। सुदूरपश्चिम सरकारमा मुख्यमत्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता निरन्जन विष्ट लाई नियुक्त गरेको छ।
कञ्चनपुरको महेन्द्रनगर स्थित मुलुकी ल चेम्वरमा अधिवक्ताका रुपमा काम गर्दै आउनुभएका विष्ट नेकपा(एकिकृत माओवादी ) निकट कानुन व्यवशायीहरुको सँगठनमा आवध्द भएर काम गर्दै आउनु भएको थियो।नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवशायीहरुको सँगठनको सरसल्लाह तथा सहमति विना नै मुख्यमत्रीले जुनियर अधिवक्ता लाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेको भन्ने असन्तुष्टिका विच आज मुख्य न्यायधिवक्ताको पदमा विष्ट लाई नियुक्त गरेको वताइन्छ।
उहाँले कञ्चनपुर जिल्ला अदालत तथा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कानुन व्यवशायी काम नियमितरुपमा गर्दै आउनु भएको थियो।
उच्च अदालतको न्यायधिश सरहको योग्यता पुगेका अधिवक्ताहरु मध्ये वाट मुख्य न्यायधिवक्ता नियुक्त गर्न सकिने सँवैधानिक व्यवस्था रहेको छ। मुख्य न्यायधिवक्ताले प्रदेश सरकारको कानुनी सल्लाकार भएर काम गर्नुपर्ने हुन्छ भन्ने प्रदेश सरकारको तर्फ वाट जिल्ला उच्च एव सर्वोच्च अदालत तथा न्यायिक निकायका वहस पैरवी एव कानुनी मस्यौदाहरु तयार गर्नुपर्ने दायित्व हुन्छ।
यो भन्दा अगाडीका मुख्य न्यायधिवक्ता ठेकेन्द्र जोशीले राजिनामा दिए पछि रिक्त रहेको मुख्य न्यायधिवक्ताको पदमा विष्ट लाई नियुक्त गरेको वताइन्छ।
प्रतिक्रिया