फिल्मी क्रान्तिकारी अभिनेता नाना पाटेकरको निधन

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २२ १३:४७ बजे
अभिनेता नाना पाटेकर

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । मृत्यु हुनुभन्दा अगाडि उनले एक साथीलाई म्यासेज गरेर आफूलाई सन्चो नभएको बताएका थिए । 

मणिपाल अस्पतालका चिकित्सहरूले उनको अन्तिम क्षणहरूबारे विस्तृत जानकारी दिएका छन् । “हाम्रो एम्बुलेन्स बिहान ४ः२० बजे नाना पाटेकरको घरमा पुग्यो । उनको घर हाम्रो अस्पतालनजिकै छ । हामी त्यहाँ पुग्दा उनी बेहोस अवस्थामा थिए,” मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालुंखेले भने, “त्यसैले हाम्रो टोलीले तुरुन्तै सीपीआर सुरु गर्‍यो ।”

उनलाई बिहान ४ः३० बजे एम्बुलेन्सबाट अस्पताल लगेर सीपीआरलाई जारी राखिएको सालुंखेले बताएका छन् । “यद्यपि, बिहान ५ः२० बजे उनलाई मृत घोषित गरियो,” उनले भने, “त्यतिबेला उहाँसँग परिवारका कुनै सदस्य थिएनन्, तर उनका सहयोगी र एक साथी उपस्थित थिए ।” अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो, त्यसैले मुद्दालाई मेडिकल–कानुनी मुद्दाको रूपमा दर्ता गरिएको छ । उनको शव गोवा मेडिकल कलेज पठाइएको छ, जहाँ पोस्टमार्टम हुनेछ  र परिवारलाई हस्तान्तरण गरिनेछ ।”

सन्देश पठाउने साथी बिहान ४ बजे पाटेकरको घरमा पुगेका थिए । त्यतिबेला नाना पाटेकर पसिनाले भिजेर भुइँमा लडिरहेका थिए । त्यसपछि उनका सहयोगी अस्पताल गएर एम्बुलेन्स ल्याएका थिए । डा. सालुन्केले भने, “एक घण्टाभन्दा बढी समयसम्म सीपीआर दिँदा पनि हामीले उहाँलाई बचाउन सकेनौँ । अस्पताल ल्याउँदासम्म उहाँको मृत्यु भइसकेको थियो,” सालुंखेले भने । बीबीसीको सहयोगमा 


२०८३ असोज २२ १३:४७ बजे

प्रतिक्रिया