रहेन्न क्रान्तिकारी नेता लालध्वज पुन श्रध्दाञ्जली दिने क्रम जारी

सन्तवहादुर नेपाली सहित सवै नेता कार्यकर्ता ध्दारा श्रध्दाञ्जली व्यक्त गर्ने सिलसिला जारी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २१ १३:४५ बजे
लालध्वज पुन

काठमाण्डौ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य लालध्वज पुनको निधन भएको छ । यहि भाद्र २१ गते  आज विहान दाङ,घोराहीमा उहाँको निधन भएको हो । क्यान्सर रोगवाट पिडित पुन   भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउनुभएको थियो।

नेकपा मसालमा लामो समय देखि काम गर्दै आउनु भएका पुन मसालको नेतृत्वले दक्षिणपन्थी राजनिति समाते पछि त्यहाँ वाट विद्रोह गरेर नेकपा(मशाल)को केन्द्रिय सदस्य हुदै नेकपा(मशाल ) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पार्टी एकता भइ एकता महाधिवेशनले उहाँलाई पार्टीको वैकल्पिक केन्द्रिय सदस्य निर्वाचित गरेको थियो।

उहाँ प्रति पार्टीका स्थायी समिति सदस्य सन्तवहादुर नेपालीले  श्रध्दाञ्जली दिदै भनेका छन- क. लाल ध्वज जीको अल्पआयुमै निधनभयो।भक्तपुर क्यानसर अस्पतालमाभेट हुंदा म निको हुन्छु भन्ने आसा रहेको पाएको थिएं।एउटा अप्रेशन गर्ने कुरो  थियो। मलाई पनि निको होला भन्ने लागेको थियो। आज अचानक उहांको मृत्युको खबर सुनेर स्तब्ध भएकोछु।उहांको परिवारले उहांको उपचारमा दिनरात एक गरेर सेवा र रेखदेख गर्नु भयो। तर मृत्युलाई  पराजित गर्न डाक्टर तथा परिवार कसैले सक्नु भएन।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एउटा युवा नेता गुमाएकोछ।अलविदा कमरेड लालध्वज(लिलबहादुर पुन) भावपुर्ण स्रद्धान्जली  सोक सन्तप्त  परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु भनि नेपालीले  लेखेका छन।

यसै गरीअखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष भरत बुर्जा मगरले सामाजिक सजालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ – “हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य भक्तपुर क्यान्सर अस्पताल उपचार गराउनुभएको थियो । दाङ घोराही निबासी कमरेड लालध्वज पुनको असमायिक निधन भएको खबरले म आफू लगायत सिङ्गो अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा स्तब्ध भै कमरेड लालध्वज पुन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संपूर्ण आफन्त जनमा हार्दिक समवेदना ब्यक्त गर्दछु  भनेका छन।

त्यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा  ४ नम्बर ब्युरो इञ्चार्ज समिरले पनि सामाजिक सजाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ , “दाङ घोराही निबासी हाम्रो पार्टीका बैकल्पिक केन्द्रिय सदस्य तथा ४ नम्बर क्षेत्रिय ब्युरो सदस्य लालध्वज पुन (का.किरण ) को निधनको खबरले स्तब्ध तुल्यायो । यस दुखको घडीमा कमरेड लालध्वज प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छु साथै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्द्छु  भनि उल्लेख गरेका छन।  पार्टीका साथीहरु आफन्तजन इष्टमित्र दाजुभाइ  अन्य पार्टीका मित्रहरुले पनि फेसवुक लगाएत अन्य सामाजिक सञ्जाल वाट उहाँ प्रति हार्दिक श्रध्दाञ्जली दिने क्रम जारी नै रहेको छ।




२०८३ असोज २१ १३:४५ बजे

प्रतिक्रिया