मजदुर नेता जयवहादुर मल्लको निधन हार्दिक श्रध्दाञ्जली दिने क्रम जारी

राजमो महासचिव मनोज भट्ट दाहसँस्कारमा सहभागी नहुने।

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २० ११:०५ बजे
जयवहादुर मल्ल

कञ्चनपुर। डडेल्धुराको चम्साल घरभइ भारतमा मजदुर गर्दै आएका जयवहादुर मल्ल नेकपा(मसाल) निकट अखिल  भारतिय नेपाली एकता समाजमा आवध्द रहेर भारतमा लामो समय  सम्म  निरन्तर काम गर्दै आउनु भएका थियो।

भारतमा नोकरीको अवधि समाप्त भए पछि नेपाल आएर कञ्चनपुर वेतकोट नगरपालीका वार्ड न.–१० नयाँगाउँमा बस्दै आउनुभएको थियो ।  मल्ल राष्टिय जनमोर्चा कञ्चनपुरको अध्यक्ष भएर काम गर्दै आउनु भएको थियो।हाल उहाँ सल्लाकार हुनुहुन्थ्यो।

 उहाँको पारिवारिक स्रोतकाअनुसार मल्लको हृदयघातका कारण निधन भएको हो ।२०८३ असोज १९ गते राति भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा उहाँको निधन भएको छ ।यसअघि पनि उहाँलाई एकपटक हृदयघात भइसकेको बताइएको छ । पछिल्लो समय अन्य कुनै स्वास्थ्य समस्या नरहे पनि उहाँमा मुटुसम्बन्धी समस्या रहेको परिवारको भनाइ छ।

उहाँ भारतको प्रवासी नेपाली आन्दोलनमा समेत लामो समयसम्म सक्रिय रहिसक्नुभएको छ । भारतको चेन्नई, मुम्बईलगायत विभिन्न स्थानमा रहँदै उहाँले अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो।मल्लको परिवारमा श्रीमती र दुई छोराहरू रहेका छन्।

सुदूरपश्चिम वाट प्रतिनिधित्व गर्दै राजमोका महासचिवको जिम्मेवारी लिएका मनोज भट्ट  पारिवारीक भेटघाटका लागी अष्टलियाको भ्रमणमा रहेको हुदा उहाँ मल्लको दाहसँस्कारमा  सहभागी  नहुने भएपछि दाहसंस्कारमा राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टलगायत राजमोका नेता तथा कार्यकर्ता इष्टमित्र आफन्तजन साथीभाइहरूको उल्लेखनीय उपस्थिति रहने वताइन्छ । 

उहाँको आजै असोज २० गते कञ्चनपुरकै भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीकिनार भुजेलाघाटमा दाहसंस्कार गरिने  पारिवारी स्रोतले जनाएको छ।उहाँ प्रति शवयत्रामा सहभागी भइ वा शवयात्रामा सहभागी हुन नसक्नेहरुले  विभिन्न सामाजिक सञ्जाल फोन वा अन्य माध्यम वाट उहाँ प्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ।



२०८३ असोज २० ११:०५ बजे

प्रतिक्रिया