धनगढी । जबरजस्ती करणी उद्योगको आरोपमा धनगढीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१, शिवनगर वस्ने बबी सोडारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोडारी विरुद्ध धनगढीकै एक युवतीले करिब एक वर्षअघि जबरजस्ती करणी उद्योग शीर्षकमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार जाहेरीपछि पनि सोडारी लामो समयसम्म पक्राउ परेका थिएनन् र उनी प्रहरीको फरार सूचीमा रहेका थिए। धनगढीस्थित आफ्नै घरमा आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा रहेको प्रहरीले पुष्टि गरेको छ।
पीडित भनिएकी युवतीले घटनाको अनुसन्धान र कानुनी प्रक्रियाका लागि लामो समयदेखि प्रहरी कार्यालय धाउँदै आएको बताइएको छ। यसअघि राजनीतिक पहुँच र दबाबका कारण पक्राउ प्रक्रिया अघि बढ्न नसकेको आरोपसमेत लाग्दै आएको थियो। प्रहरीले पक्राउ परेका सोडरीमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले उनी दोषी वा निदोषि के हुन भन्ने ठहर गर्ने अधिकार अदालतलाई मात्र रहेको वताइन्छ।
प्रतिक्रिया