एकता समाजको पान्डिचेरीमा टोल भेला सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १९ १२:०३ बजे

भारत।पान्डिचेरीमा  ०४\१०\२०२६ का दिनअखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत आरोभिला एरिया समिति अन्तर्गत ए टोल समितिको भेला सम्पन्न भएको छ

जगत चौधरीको अध्यक्षतामा २५ सदस्य समितिको घोषणा केन्द्रीय सदस्य सुर्य थापाले गर्नु भएको थियोे ।कार्यक्रममा उपस्थिति सहभागीलाई रिना चौधरीले शब्द बाट स्वागत गर्नु भएको थियोे । कार्यक्रमको संचालन नगर सदस्य साथै  आरोभिल  एरिया समिति सचिव राकेश चौधरीले गर्नु भएको सुर्य थापाले वताएका छन। 

टोल भेलालाई नगर सदस्य संजोक आले मगर , सदस्य तथा आरोभिल एरिया अध्यक्ष बिर बहादुर चौधरी केन्द्रीय सदस्य सुर्य थापाले सांगठनिक कार्यमा एकरुप्ता हुने र समाजमा हुने गलत कार्यलाई सुन्यतामा पुर्याउने सांगठनिक एकता नै आजको आवश्यकता हुने भएको हुदा तपाईं हाम्रो एकताले नै अब्बल भुमिका निभाउने वताउनु भयो। सँगठनको महत्वा वारे धारणा राख्दै थापाले भने  हामी संगठनमा संगठित हुनु   न्यायको पक्षमा सँगठित हुन हो। समाजमा हुने हर प्रकारका घटनालाई न्यायको बाटोमा हिडाउने कार्यमा पनि  एकतासमाज आवश्यक रहेको हुदा समाज बिना हाम्रो बाटो राम्रो तिर नजाने भएको हुदा नै हामी यहाँ भेला हुनु परेको बारेमा प्रष्ट्याउनु भयो। 

भेलाले जगत चौधरीको अध्यक्षतामा २५ सदस्य ए टोल समिति चयन गरेको छ जसमा क्रमशः  जगत चौधरी -अध्यक्ष  रिना चौधरी -उपाध्यक्ष राजन चौधरी -सचिवआसिक चौधरी -सहसचिव गनेष चौधरी -कोषाध्यक्ष सदस्य हरुमा क्रमशः जलन चौधरी  निकेश चौधरी  संजिब चौधरी  नरेन्द्र चौधरी 

 पुष्पा चौधरी  पतिराम चौधरी  एलिना चौधरी  रिस्मान चौधरी  रुपा चौधरी  सिरिष्टि चौधरी अन्जलि चौधरी राजकुमार चौधरी  अनुराधा चौधरी सुरज चौधरी  तिलक चौधरी मनपियारी चौधरी देशराज चौधरी भक्तबहादुर चौधरी हिमानि चौधरी जनक चौधरी रहेका छन। 

अन्तमा केन्द्रीय सदस्य सुर्य थापाले कार्यक्रममा उपस्थिति सहभागी तथा नयाँ समिति लाई बधाई दिनुका साथ सदस्य  देशराज चौधरीको ३०औं जन्म दिनको शुभकामना पनि  दिनुभएको थियोे । आगामी दिनमा बाकिँ रहेका टोलहरुको भेला क्रमशः गर्दै जाने पनि सुचित गराउनु भएको थियोे ।


२०८३ असोज १९ १२:०३ बजे

प्रतिक्रिया