महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखेका थियौँ : गगन थापा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १८ १९:१० बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन् । 

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताएका हुन् ।

उनले भने,‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ ।'

उनले देउवाको ढोकामा पटक-पटक सलामी दिएर सम्मान नहुने भन्दै उनले काम गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन योगदान गरे भन्ने आधारमा हुने बताए ।

उनले भने,' हामीले शेरबहादुर देउवाको मान राख्ने भनेर उहाँको ढोकामा कतिपटक सलामी दिएर मान हुने होइन । उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो। हामी त्यो मान राख्छौँ ।'

२०८३ असोज १८ १९:१० बजे

प्रतिक्रिया