पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ : गगन थापा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १८ १९:०७ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर मात्र पार्टी नटिक्ने बताएका छन् । 

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए । 

थापाले भने,'हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो रु त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो रु तपाईँ र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।' 

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेका युवाले इतिहासलाई माया गरे पनि उसका अहिलेका प्रश्नको उत्तर पार्टीले दिन सक्नु पर्ने बताए ।

युवाले देशमा राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि रोजगार पाइन्छकी पाइदैन भन्ने प्रश्न गरिरहेको र त्यसको जवाफ दिनसक्नुपर्ने बताए । 

सभापति थापाले बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने विश्वास लिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आफूहरूसँग विपी कोइराला र गणेशमानको विचार रहेको भन्दै उनीहरूका छोराहरू कहाउँछन् त्यसले अर्थ नराख्ने टिप्पणी गरे ।

२०८३ असोज १८ १९:०७ बजे

प्रतिक्रिया