काठमाडौं । पूर्वप्रधानमन्त्री डा.। बाबुराम भट्टराईले देश विकासका लागि एउटा छुट्टै योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे दृष्टान्त सुनाउँदै आगामी २० वर्षभित्र हामी पनि कसरी त्यहाँ पुग्ने भनेर योजना बनाउनुपर्ने उनको भनाइ थियो ।
‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए रु हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ भट्टराईले भने ।
उनले सम्बोधनको क्रममा थप भनेका छन्, ‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ । त्यसो गरे मात्रै देश बन्छ ।’ त्यस्तै, देशमा राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताए । ‘अब पाठ सिकौँ । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भनेका छन् ।
प्रतिक्रिया