डडेल्धुरा। डडेल्धुरा जिल्ला अदालतका तहसिलदार पुष्पराज जोशि यस अदालत वाट सरुवा भएर उच्च अदालत दिपालय महेन्द्रनगरमा इजलासमा जानु भएको छ।
डडेल्धुरा जिल्ला अदालतमा उहाँले १ वर्ष १० महिना कार्यअवधि पुरा गरेर सरुवा हुनभएको हो। डडेल्धुरा जिल्ला अदालतले आज आयोजना गरेको फेरि भेटौला कार्यक्रममा उहाँको विदाइ तथा आगामी कार्यकालको सफलताको शुभकामना दिएका छन। माननिय जिल्ला न्यायधिस अरुण कुमार कोइलाराले मायाको चिनो हस्तातरण गर्दै टोपि लगाएर विदाइ गरेका थिए।
फेरी भेटौला कार्यक्रमको सञ्चालन अदालतका श्रेस्तदार उपसचिव गणेश विष्टले गर्नु भएको थियो। कार्यक्रममा अदालत कर्मचारीका तर्फ वाट ना.सु. उषा भाट जिल्ला अदालत वार एकाइका तर्फ वाट अधिवक्ताहरु हरि प्रशाद भट्ट गोविन्द्रराज जोशिले विदाइ मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा अधिवक्ताहरु लालवहादुर जाग्री रोहित देउवा ओम प्रकाश साउद तथा अदालतका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया