lokpati.com को समाचार विश्लेषणमा सुमन पराजुलीको फरकमत क्रान्तिकारी वैध सँग दक्षिणपन्थी प्रचण्डको तुलना गर्न मिल्दैन

क्रान्तिकारीहरुमा भ्रम पैदा गराउनु र दोस्रो प्रचण्ड जस्ता संसदवादी लाई सहि देखाउदै क्रान्तिकारी लाई थप कम्जोर बनाएर क्रान्ति लाई अझ पछी धकेल्नु र सकेसम्म क्रान्ति हुनै नदिनु

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १३ १९:३३ बजे

काठमाण्डौ।   लोकपाटी डटकम नाम गरेको एउटा अनलाइन पत्रीका रहेछ त्यसका बिश्लेषणहरु हेर्दा लाग्छ की यो पत्रीका प्रचण्डको भात खाएर प्रचण्ड लाई हिरो बनाउन हिडेको छ।यो पत्रीकाले केही दिन देखी जनयुद्धको पृष्ठभुमी भएका प्रचण्ड ईतरका खास गरेर बैध,बिप्लब,बाबुराम,धर्मेन्द्र हरुलाई जोडेर कथित बिश्लेषण गर्दै समाचार बनाएछ ती समाचारको शिर्षक तस्बिरमा छ।यी समाचार वा बिश्लेषण पढ्दा सोझै के बुझीन्छ। भने प्रचण्ड सोरैआना ठिक हुन बाकी खराबहुन र अहिले पनी प्रचण्डको ठुलो अस्तित्व छ प्रचण्ड हिरो हो उनले जेभन्यो जे चायो त्यही हुन्छ तर अरुभने स्वाहा भए,यती बेला यो कथित पत्रीकाले यस्तो समाचार किन बाहिर ल्याई रहेको छ ?के साच्चै प्रचण्ड सही थिए छन र बाकी खराब हुन त ?के प्रचण्डको अहिले पनि खपिनसक्नुको लोभलाग्दो अस्तित्व छ ? अरुको छैन?के बैध प्रचण्ड बन्न हिडेका हुन तरुके बैध लगायतले क्रान्ति गर्न नसकेर अब क्रान्ति हुदैन भनेर प्रचण्डले जस्तै घोषणा गरीसके तरुअब यी प्रस्नको जवाफ खोजौ।

१-यो पत्रीकाले यतीबेला किन यस्तो समाचार बनायो त पहिला के बुझ्न जरुरी छ भने प्रचण्डले अहिले जुन दलाल संसदीय राजनिती गरीरहेका छन बाबुराम पनि त्यही राजनिती गरीरहेका छन तर बैध,बिप्लब,धर्मेन्द्रहरु संसदीय राजनिती मा छैनन त्यस कारण प्रचण्ड,बाबुराम जस्ता संसदवादीहरु संग गैर संसदीय राजनिती गरीरहेका बैध,बिप्लब र धर्मेन्द्रहरुलाई एकै ठाउमा राखेर कथित अस्तित्व खोज्नुनै यो पत्रीकाको बेमानी काम हो अब यती बेला यो समाचार बनाउनुको खास कारण दुईवटा हुन जस्तो लाग्छ पहिलो क्रान्तिकारीहरुमा भ्रम पैदा गराउनु र दोस्रो प्रचण्ड जस्ता संसदवादी लाई सहि देखाउदै क्रान्तिकारी लाई थप कम्जोर बनाएर क्रान्ति लाई अझ पछी धकेल्नु र सकेसम्म क्रान्ति हुनै नदिनु आदी यसका कारण हुन।

२-के साच्चै अस्तित्वको संकट बैधहरुलाई परेको हो की प्रचण्ड लाई ? यसलाई दुई फरक पाटो बाट हेर्नु पर्छ माथी नै भनियोकी प्रचण्ड र बैधहरुको अहिले राजनिती बाटो एउटै छैन प्रचण्ड संसदीय बाटोमा भने बैधहरु गैर संसदीय बाटोमा त्यसैले यीनिहरुको अस्तित्व लाई यीनै दुई पाटो बाट हेर्नु पर्छ नकी एउटै यसरी हेर्दा अहिले खास अस्तित्वको संकट दलाल पुजीवादी संसदीय ब्यवस्था र त्यसका हिमायती प्रचण्ड लाई परेको छ। प्रचण्ड संसदीय राजनितीमा आएदेखी सबै भन्दा कमजोर यतीबेलानै भएका छन जम्मा १७ जना निन्याउरो अनुहार लिएका मानिस लिएर संसदको एउटा कुनामा उनि रुन्चे अनुहार लिएर बस्नु परेको छ,हिजोको रवाफ अघीपछी गाडी र हनुमानहरुको लावालस्कर अहिले घटेकोछ संसदमा बर्तमान प्रधानमन्त्रीले प्रचण्ड लाई हेर्दा समेत हेरेनन,कुनै बैठक बोलाएर आफुलाई सम्मान गरेरनन भनेर प्रचण्ड रुदै छन आज,प्रचण्डका सल्लाह सुझाबको अब खाचो पर्न छोडेको छ बरु कती बेला बालेन र सुदनका प्रहरीले समाउछन भन्ने त्रासमा छन प्रचण्ड र फेरी प्रधानमन्त्री बन्ने उनको सम्भावना करिब छैन र पार्टी भित्र पनि नेतृत्व छोड्न दवाब छ उनलाई त्यसैले अहिले अस्तित्वको चरम संकट प्रचण्ड लाई छ बैधलाई होईन।

३-बैध प्रचण्ड बन्न हिडेका हुन त वा बैधलाई प्रचण्ड बन्न आवश्यक छ त ? ईतिहास हेर्दा प्रचण्डले बैधलाई बनाएका होईनन बरु चौथो लाईनमा रहेका प्रचण्ड लाई महामन्त्री बनाउदै पहिलो बनाउने बैध हुन अथवा बैधले प्रचण्ड बनाएका हुन,१० बर्षको महान जनयुद्धको जनवादी गणतन्त्रको बाटो छोडेर दलाल संसदीय गणतन्त्रमा जाने बेमानी काम प्रचण्डले गरेका हुन बैधले होईन,जनमुक्ती सेनालाई बेचेर खानेकाम प्रचण्डले गरेका हुन बैधले होईन,माक्सवाद,लेनिनवाद,माओवाद छोडेर संसोधनवादमा पतन प्रचण्ड भएका हुन बैध होईन,१७ हजार शहिदको सपनालाई जाबो एउटा प्रधानमन्त्रीको कुर्सीका लागी साटेर खाने प्रचण्ड हुन बैध होईन।जनअदालत,जनगणतन्त्र जस्ता जनयुद्धका उपलब्धि र मान्यता लाई भिरबाट खसालेर संसदीय गणतन्त्र ,दलालपुजीवाद,संसोधनवामा पतन प्रचण्ड भएका हुन बैध होईन त्यस कारण बैध प्रचण्ड होईन प्रचण्ड बैध बन्नु पर्छ।

४-बैध,बिप्लब,धर्मेन्द्रहरुले क्रान्ति गर्न सकेनन यो आरोप आशिक सत्य हो क्रान्ति गर्न नसकेको हो तर अब क्रान्ति हुदैन भनेर घोषणा गरेर संसदीय राजनिती तिर लागेको पनि त होईन,एउटा तितो सत्य के हो भने बैध,बिप्लब,धर्मेन्द्रहरुले क्रान्ति लाई उठाउन सकेनन तर प्रचण्डले जसरी अमेरिकी साम्राज्यवादको जुठोपुरो खाएर नेपाली जनताले नचाहा नचाहादै mcc जस्तो राष्ट्रघाती सम्झौता  अनुमोदन गर्दै पनि त हिडेनन।

यसकारण बैध र प्रचण्डको बिचमा अब तुलना हुदैन बैध जस्ता ईमान्दार माक्सवादी संग प्रचण्ड जस्ता अवसरवादी संसोधनवादीहरुको तुलना गर्नुनै यो पत्रिकाको बदमासी हो यस्ता बदमास,कसैको भात खाएर उसैको गुनगान गाउने यस्ता पत्रिकाका कथित बिश्लेषण बाट क्रान्तिकारीहरु बिचलित र भ्रमीत हुनुहुदैन र हुनेपनी छैन,यसरी क्रान्तिकारीहरुको मनोबल घटाउन,क्रान्तिकारीहरुलाई बदनाम गर्न लागेका यस्ता लोकपाटी डटकम जस्ता पित पत्रिकाको भ्रमले क्रान्ति रोकीदैन अबेर होला तर क्रान्ति सम्भबछ हुन्छ।।धन्यवाद


२०८३ असोज १३ १९:३३ बजे

प्रतिक्रिया