चोलेन्द्र शमशेर जबरालाई पक्राउ नभई रेस्क्यु गरिएको सरकारको दाबी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १३ १९:१५ बजे
काठमाडौं ।  सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकपछि  सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सो विषयमा जवाफ दिँदै चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको बताए ।
उनले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ पोखरेलले जबराको परिवारले सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन दिएको भन्दै यसबारे सबै कुरा प्रस्ट भइसकेको बताए ।

सुरुमै थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगिएको दाबी गर्दै मन्त्री पोखरेलले त्यो थ्रेट जेनजीबाट नभई अपरिचत समूहबाट आएको बताए । सुरक्षा थ्रेट रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई आइतबार बिहान करिब ३ बजे निवासबाटै नियन्त्रणमा लिएको थियो ।
२०८३ असोज १३ १९:१५ बजे

प्रतिक्रिया