काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो । कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष उनको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ । गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा शुक्रवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण तथा सम्मान गरिँदैछ ।लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, निष्ठा र संघर्षका प्रतिकका रूपमा स्मरण गरिँदै आएको छ ।
प्रतिक्रिया