दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा ठूलो पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदी केही समय अवरुद्ध भएपछि आसपासका बस्तीमा बाढीको जोखिम बढेको हो।
पहिरोको जोखिम बढेपछि भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए। प्रभावित परिवारलाई आफन्तको घरमा राखिएको र तत्काल आवश्यक पर्ने टेन्टलगायत सामग्री उपलब्ध गराइएको उनले बताए।
पहिरोले स्थानीय सडक तथा पर्यटकीय पदमार्गमा समेत ठूलो क्षति पुर्याएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले भट्टार बस्तीमा जोखिम कायम रहेको गाउँपालिकाले जनाएको छ।
पहिरोका कारण चौलानी नदीको बहावमा आएको अवरोधले नदी तटीय क्षेत्रमा बाढीको सम्भावना बढाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए। नदीको बहाव प्रभावित भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए।
यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदी आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदी किनारमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको
प्रतिक्रिया