आज देखि तिन दिन भारी वर्षाको पुर्व अनुमान

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १५ २१:०५ बजे

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार सोमबार (भदौ १५) दिउँसो देशका पहाडी भू-भाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै सोमबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू-भागका एकरदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

मंगलबार (भदौ १६) दिउँसो देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

बुधबार (भदौ १७) दिउँसो पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागको एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


२०८३ भदौ १५ २१:०५ बजे

प्रतिक्रिया