चिनियाँ पक्षले भन्यो-फेरि बाढी आउँदैछ, सतर्क रहनुस्

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १० १४:४४ बजे

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले रसुवा भोटेकोसीमा पुनः बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। 

बाढी पुनः आउन सक्ने सूचना चिनियाँ पक्षले दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। 

चिनियाँ पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै सात मिटर अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्नेछ। 

त्यसैले तटीय क्षेत्रमा जान, राहत उद्धारमा खटिएका सबैले विशेष सावधानी अपनाउनु पर्ने ती अधिकारीको भनाइ छ। 


२०८३ भदौ १० १४:४४ बजे

प्रतिक्रिया