अत्तरिया वसपार्ककि खुद्राविक्रेता एकमहिला लाई बसले किच्दा घटनास्थलमै मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ७ १९:५३ बजे
मृतक सिन्की वोहरा

अत्तरिया । कैलालीको गोदावरी-२ स्थित अत्तरिया बसपार्कमा  आज साझ बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी-१ की अन्दाजी ४० वर्षीय सिन्की बोहरा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टले बताएका छन् ।

महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२-००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी बोहरालाई आइतबार बेलुकी किचेको थियो ।बस र चालक दार्चुलाको मालिकार्जुन-२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



२०८३ भदौ ७ १९:५३ बजे

प्रतिक्रिया