काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टी एकताका लागि उनीमाथि दबाब बढेको छ ।शुक्रबार राष्ट्रिय भेलालाई सम्बोधन गरेका नेताहरूले लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि पार्टी एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका हुन् ।
नेताहरूले एकताकै पक्षमा मत राखेपछि पूर्वसभापति शेरबहादुर देउवाले एकताको पक्षमा दृढ हुन सबैलाई अपिल गरेका छन् ।शुक्रबार आयोजित भेलामा नेताहरूले विवाद र विगतका तीतोपनालाई बिर्सिँदै एकतामा केन्द्रित हुनुपर्ने मत राखेका छन् । कांग्रेस एकताबद्ध र बलियो हुँदा मात्रै राष्ट्रिय राजनीति सुदृढ हुने तर्क गर्दै नेताहरूले एकताको विकल्प नभएको मत राखेका हुन् ।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता शेरबहादुर देउवाले लामो इतिहास बोकेको कांग्रेस पार्टीभित्र विवाद बढ्दा पार्टी कमजोर भएको बताए ।पार्टीलाई बलियो बनाउनुपर्ने मत उनको छ।कांग्रेसमा भावनात्मक भएका जरुरी रहेको उनले बताएका छन् । पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय र कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ । व्यक्ति केन्द्रित हुनुहुन्न । पार्टीमा हामी सबै एकै परिवारका सदस्य हौँ । पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु, देउवाले भनेका छन् ।
प्रतिक्रिया