काग्रेस नेता शेरवहादुर देउवाको स्वागतका लागी सुदूरपश्चिमवाट कार्यकर्ता ओसारे

bimbonline बिम्ब अनलाइन
२०८३ साउन २८ १९:४४ बजे

काठमाण्डौ।   नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्नका लागि  सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै कैलालीबाट दुई वटा बसमा नेता–कार्यकर्ता काठमाडौं आएका छन् । सु प्र प ०१००१ख ३३५२ र सु प्र प ०१००१ ख३५३४ नम्बरको गाडीमा ७० जना नागढुंगा नाकाबाट काठमाडौं छिरेका हुन् । अन्य जिल्ला वाट सार्वजनिक गाडी एव जहाजमा पनि काग्रेस कार्यकर्ता काठमाण्डौ आइपुगेको छन।

 जेन्जी आन्दोलनमा आक्रमणमा परेका देउवा   उपचारका लागि सिंगापुर गएका देउवा पाँच महिनापछि आज एक्लै स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्नका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता–कार्यकर्ताको भीड लागेको थियो ।



२०८३ साउन २८ १९:४४ बजे

प्रतिक्रिया