महेश बस्नेतको राजु पाण्डेमाथि कडा Attack, , ‘अरूलाई पीडा, आफूलाई आँसु’

bimbonline बिम्ब अनलाइन
२०८३ साउन २१ १२:५२ बजे

काठमाण्डौ।नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेमाथि कडा Attack,  गरेका छन्। उनले सामाजिक सञ्जालमा पाण्डेको आँसु पुछिरहेको तस्बिर सेयर गर्दै अरूलाई पीडा दिँदा कठोर बन्ने तर आफू आलोचित हुँदा भावुक हुने Double Standard देखिएको आरोप लगाए।

महेश बस्नेतले हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाउनेहरूले आफूलाई शक्तिशाली शासकका रूपमा प्रस्तुत गरेको तर अहिले सामान्य प्रश्न उठ्दा भावुक भएर आँसु झारिरहेको टिप्पणी गरेका छन्।

उनले बालेन शाहको नामको आडमा आफूलाई सफल शासक देखाउने प्रयास भइरहेको दाबी गर्दै यस्तो Narrative धेरै समय नटिक्ने बताए। उनका अनुसार जनताले यस्ता व्यक्तिको वास्तविक चरित्र बुझ्न आवश्यक छ।

बस्नेतले अब जनताले भावुकता, अभिनय वा नाटकभन्दा पनि व्यक्तिको काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए। शासनको असली परीक्षा आँसु बगाउने होइन, जनताको आँसु पुछ्ने क्षमताले हुने उनको भनाइ छ।

यो विवाद गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयपछि चर्किएको हो। सो क्रममा सांसद राजुनाथ पाण्डे र खटिएका सैनिक अधिकारीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमाViral   थियो।

माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा सांसद पाण्डेसहित स्थानीय जनप्रतिनिधिहरू डोजरसहित पुगेका थिए। त्यस घटनापछि राजनीतिक आरोप–प्रत्यारोप अझ तीव्र बनेको छ। 


२०८३ साउन २१ १२:५२ बजे

प्रतिक्रिया