काठमाण्डौ। पत्रकारको परिचयपत्र प्रयोग गर्दै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर गाउँपालिका–१ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पत्रकारको परिचयपत्र देखाएर लागुऔषध ओसारपसार तथा कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया