कान्तिपुरविरुद्ध श्रमजीवी पत्रकार संघ

bimbonline बिम्ब अनलाइन
२०८३ साउन १८ १९:३९ बजे

काठमाण्डौ।   श्रमजीवी पत्रकार संघ, नेपालले कान्तिपुर मिडियाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सम्पादकीय र श्रम अधिकार खोसेको भन्दै संघले कान्तिपुर मिडियाविरुद्ध आन्दोलन गर्न लागेको हो । कान्तिपुरमा लामो समयसम्म काम गरेका पत्रकारलाई कानुनी सेवासुविधा बिना नै जबरजस्ती राजीनामा दिन बाध्य पारिएको, सम्पादकीय स्वतन्त्रता सकाइएको, श्रम अधिकार खोसेर सूचनाको व्यापार गरेको संघको आरोप छ । 

वर्षौंसम्म काम गरेका पत्रकारलाई कानुनबमोजिम पाउनुपर्ने सेवाबाट वञ्चित गर्नका लागि नयाँ नियुक्तिका नाममा पुरानोलाई जबरजस्ती राजीनामा दिन लगाइएको संघका अध्यक्ष जन्मदेव जैसीले बताए । सो कार्य श्रम अधिकारविपरीत रहेको उल्लेख गर्दै उनले कान्तिपुरविरुद्ध जुट्न सबै पत्रकार, ट्रेड युनियन र सरोकारवालालाई आह्वान गरेका छन् । 

संघले यसअघि पनि कान्तिपुरविरुद्ध डेढ महिना प्रदर्शन गरेको थियो । नेपाल पत्रकार महासंघले उधारो सम्झौता गरेपछि आन्दोलन रोकियो । तर, कान्तिपुरले सम्झौता कार्यान्वयनमा अटेर गरेपछि फेरि संघले आन्दोलन गरेको थियो । लामो आन्दोलनपछि माग सम्बोधन भएकोमा अहिले पुनः पुरानै गतिविधि दोहोर्याउन थालेपछि आन्दोलनको घोषणा भएको हो ।



२०८३ साउन १८ १९:३९ बजे

प्रतिक्रिया