तीन दिन ठूलो वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आजदेखि पर्सिसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

bimbonline बिम्ब अनलाइन
२०८३ साउन १८ १५:२६ बजे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि पर्सिसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी तीन दिन मुलुकमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ । 

आज लुम्बिनी, कर्णाली, बागमती, कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, भोलि कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना छ । 

बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र तराईमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । वर्षाले नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्नसक्ने र बाढी पहिरो, डुबान हुनसक्ने भएकोले सतर्क रहन विभागको आग्रह छ ।


२०८३ साउन १८ १५:२६ बजे

प्रतिक्रिया