कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ ।
मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको विकासका लागि नयाँ अध्याय सुरु भएको हो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका अर्बौंका आधुनिक पूर्वाधार अब पूर्ण रूपमा उपयोगमा आउने अपेक्षा गरिएको छ । सरकारले सात अर्ब रुपियाँको लागतमा निर्माण गरेको गेटा अस्पतालपरिसर अब औपचारिक रूपमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएपछि स्थानीयमा खुसी छाएको छ ।
कैलालीको गेटामा २०७१ सालदेखि मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिमार्फत भौतिक संरचना निर्माण सुरु गरिएको थियो । छ सय शøयाको अत्याधुनिक अस्पताल भवन, ओपिडी तथा आकस्मिक सेवा भवन, विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक भवन, छात्रावास, चिकित्सक तथा कर्मचारी आवासलगायत ५१ हेक्टर क्षेत्रफलमा फैलिएका ४२ वटा आधुनिक संरचना निर्माण गरिएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डा। आनन्दबहादुर चन्दले गेटा अस्पताल सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्रीपरिषद्को निर्णयले सुदूरपश्चिमको स्वास्थ्य र शिक्षाको क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने बताउनुभयो । उहाँले उपचार तथा चिकित्साशास्त्र अध्ययनका लागि अन्य प्रदेश वा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको समग्र विकासमा महìवपूर्ण योगदान पु¥याउने उहाँको भनाइ छ । भौतिक संरचना निर्माण सम्पन्न भए पनि नीतिगत तथा प्रशासनिक जटिलताका कारण ती संरचनाको पूर्ण उपयोग हुन सकेको थिएन । २०८० साल कात्तिक १ गतेदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत ५० शय्याको गेटा अस्पताल सञ्चालनमा आए पनि पूर्वाधारको अधिकांश भवन प्रयोगविहीन रहेको थियो ।
मन्त्रीपरिषद्को पछिल्लो निर्णयसँगै अस्पतालका सम्पूर्ण संरचना विश्वविद्यालयमातहतमा सञ्चालन हुने बाटो खुलेको छ । यससँगै आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने वातावरण तयार भएको छ । स्थानीयवासीले सरकारको निर्णयलाई उपलब्धिका रूपमा स्वागत गरेका छन् ।
विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले सरकारले गरेको निर्णयप्रति गर्व महसुस भएको बताउनुभयो । सुदूरपश्चिमले लामो समयदेखि भोग्दै आएको चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्यसेवाको अभावलाई अन्त्य गर्ने आधार तयार भएको बताउँदै उहाँले प्रदेशभित्रै दक्ष चिकित्सक उत्पादन हुने र स्वास्थ्यसेवाको पहुँचसमेत विस्तार हुने बताउनुभयो । गोरखापत्र अनलाइन
प्रतिक्रिया